राष्ट्रको शान नेपाली किसान भन्ने मूलनाराका साथ लुम्बिनी बिकास कोष द्वारा किसानहरुलाई ब्यवसायिक खेती मार्फत आत्म निर्भर बनाउने उद्देश्य राखि किसान जागरण अभियान शुरु भएको छ । अभियानलाई शुभारम्भ गर्दै लुम्बिनी बिकास कोष कार्यकारिणी समिती सदस्य अमरिका प्रसाद कोहाँरले लुम्बिनी बिकास कोषमा स्थानीय सहभागिता बढाउने नीति बमोजिम आसपासका किसानहरुलाई ब्यवसायिक खेती मार्फत पर्यटन प्रबद्र्धन सँग जोडनका लागि किसान जागरण अभियान संचालन गएिको बताए । किसान अभियानका संयोजक समेत रहेका कोहाँरले बिगतमा कोष रस्थानीय बीचको दूरीलाई साम्य पारि किसानहरु सँग हातेमालो गर्दै उन्नत कषि तथा प्रबिधीको माध्यम बाट कृषि उत्पादन लाई पर्यटन बजारमा बिक्री नया नीति कोषले अंगीकार गरि स्थानीय पहुचमा बृद्धि गरिेएको दाबी गरे । सो अवसरमा कोषकै अर्का कार्य समिती सदस्य राजेश ज्ञवालीले तिलौराकोट,देवदह, रामग्राम लगायत बृहत्तर लुम्बिनी क्षेत्रका किसानहरुलार्इृ आत्म निर्भर बनाउन ब्यवसायिक कृषिखेती मार्फत पर्यटन बजार सँग जोडेर सम्बृद्ध नेपाल अभियान अभियानलाई टेवा पुग्ने बताए । समारोहमा लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय्य,निमित्त सदस्यसचिव सरोज भट्टराई ,कोषाध्यक्ष सुरेन्द्रमुनि साक्य जेटिए रहमान मुसलमान तथा नाफ सिड प्रा.लि.का गोबिन्द महर्जन लगायतले मक्तब्य बयक्त गरेका थिए ।












