बर्दघाट १४ बुद्धबस्तिमा पोसिलो खाना प्रर्दशनि कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नवलपरासी/पछौटेपन उन्मुलन समाज वेश नेपालद्धारा पश्चिम नवलपरासीमा संचालीत सुआहारा कार्यक्रम अन्र्तगत आइतबार बर्दघाट १४ बुद्धबस्तिमा पोसिलो खाना प्रर्दशनि कार्यक्रम सम्पन्न भएको छ । सुआहारा कार्यक्रमद्धारा सुनौला हजार दिनका आमा लगाएत घर परिवारका सदस्यहरुलाई पोसिलो खानाको बारेमा जानकारी गराउने र बच्चा जन्मेको ६ महिना देखि आमाको दुध संगसंगै थप खानाका रुपमा खुवाउने, जाउलो बनाउने लगाएतका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिइएको छ । स्वास्थ्य आमा समुहका सदस्य गर्भवती महिला, सुत्केरी महिला लगाएत तिनका परिवारका सदस्यहरुको उपस्थिती रहेको कार्यक्रममा हरेकबार खानाचारका बारेमा जानकारी गराइएको सुआहारा फिल्ड सुपरवाइजर मिरा चौधरीले बताउनुभयो ।

सो अवसरमा सुनौलो हजार दिनका महिला तथा बालबालिकालाई पोसिलो खानाको रुपमा खानालाई चार भागमा विभाजन गरि पशुपंक्षिजन्य खाना, गेडागुडीजन्य खाना, हरियासागपात तथा पहेला फलफुल र अन्न समुह मिश्रित गरि सन्तुलित खाना खानुपर्नेमा जोड दिइएको थियो । साथै उक्त सुनौला हजार दिनका आमा ताथ बालबालिकालाई स्थानीय तहले दिने सेवा सुविधा, स्वास्थ्य सम्बन्धी जानकारी र सो समयमा अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी समेत गराइएको सुपरवाइजर चौधरीले बताउनुभयो । कार्यक्रममा दाउन्ने देवी स्वास्थ्य चौकीका इन्र्चाज सुदिपा शर्मा, सुआहाराका जिल्ला संयोजक भरत भट्ट, सुआहाराका जेसि अफिसर निर्मला भण्डारी, फिलड सुपरवाइजर मिरा चौधरी लगाएतले सहजिकरण गर्नुभएको कार्यक्रमको संचालन महिला स्वास्थ्य स्वयमसेविका सिता भण्डारीले गर्नु भएको थियो ।