अर्घाखाँची / अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ११ डिभर्ना अमिले निवासी अन्दाजी ३३ बर्ष्षिय कमला बुढाथोकीको भिरबाट लडेर मृत्यु भएको छ । मृतक बुढाथोकी संगै घाँस काट्न गएकी निजकी कान्छी छोरी संगीता बुढाथोकीले आफ्नी आमा भिर बाट लडेको देख्न साथ स्थानीयहरुलाई खबर गरेकी थिइनँ । गम्भीर घाइते भएकी कमला बुढाथोकीलाइ उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको थियो , तर सन्धिखर्कमा रहेको जिल्ला अस्पतालका प्राथमिक उपचार पछि थप उपचारका लागी बुटवल रिफर गरिएको थियो ।
आफ्नो घर नजिकै रहेको अमिले ,भिरापुछुर भिरमा घाँस काट्न गएको बखत कमला बुढाथोकी एक्कासि भिर बाट करिव ३ सय मिटर तल खस्दा गम्भीर घाइते भएकी बुढाथोकीलाइ उपचारको लागि बुटवल तर्फ लैजादै गर्दा पथ्थरकोट नजिकै पुग्दा उनको मृत्यु भएको उनका आफन्तले जानाकारी गराएका छन।












