कावासोती/ माघ १७ गतेबाट कावासोतीमा शुरु हुने पाचौ नवलपुर महोत्सवको तयारी तिव्र पारिएको छ । थकाली चोक देखी उत्तर तर्फ कावासोती नगरपालिका ३ राममन्दिर स्थित खुल्ला मैदानमा हुन लागेको महोत्सवको तयारी स्वरुप अहिले गेट निर्माण,स्टल निर्माण,पानिको व्यवस्थापन,हिमाल पहाड तराईको झल्को दिने आकृती निर्माणको काम धमाधम चलिरहेको छ ।महोत्सव स्थलको व्यवस्थापनकै क्रममा प्रवेश द्धार आसपासको क्षेत्रलाई डोजर लगाएर सम्याउने काम समेत गरिएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखे्रलले जानकारी दिनुभयो ।
महोत्सवको प्रवेश द्धारको निर्माणको काम लगभग सकिएको छ । मंगलबारबाट महोत्सव स्थलमा बिभिन्न जातजातीका घरहरु निर्माणको कार्य थालनी गरिने अध्यक्ष पोखे्रलले जानकारी दिनुभयो । माघ १७ गते देखी २९ गते सम्म संचालन हुने यस पटकको महोत्सव बिशेष महोत्सव हुने आयोजकले जनाएको छ । स्थानीय उत्पादनको प्रर्वद्धन,कला,सस्कृतीको प्रर्वद्धन,यहा“का पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा महोत्सवले टेवा पुर्याउने अपेक्षा लिइएको छ । महोत्सवमा राखिने कृतिम चिडिया खाना समेत दर्शकको रोजाईमा पर्ने अपेक्षा रहेको छ ।
महोत्सवको लागि स्टल बुकिङ्ग समेत भईरहेको प्रचार प्रसार उपसमितिका संयोजकका संयोजक हरी सुवेदीले जानकारी दिनुभयो । यस्तै महोत्सव अवधिभर संचार माध्यमलाई समाचार तथा सूचना सम्पे्रसणमा सहयोग पुगोस भनेर नेटको व्यवस्था समेत गरिने संयोजक सुवेदीले जानकारी दिनुभयो