फेसन डिजाइनिङ्गमा अनुपमा

प्रकाशित मिति:

व्यवसायसँगै सामाजिक काममा उत्तिकै सक्रिय
रुपन्देहीको फेसन डिजाइनिङ्गमा एउटा स्थापित नाम हो अनुपमा श्रेष्ठ । जसको डिजाईनका पहिरनले सजिन्छन् रुपन्देहीका प्राय ः मानिसहरु । आमा र मामाघरको ममतामा हुर्किएकी उनले थोर्गाबाट एसएलसी गरिन् । रुरुको रिणीबाट प्लस टु सकेर उनी ब्याचलर अध्ययन गर्न बुटवल आईन् । बैंकर बन्ने ईच्छाले कर्मस अध्ययन गरेकी अनुपमा हातको सिपले परिचित हुन पुगिन् । सानैबाट अतिरिक्त कृयाकलापमा भाग लिने र अघि बढ्न चाहने उनको पढाई पनि राम्रै थियो । उनी अझै पनि र्फुसदमा गीत गुन्गुनाउन अनि दिल खोलेर नाच्न मन पराँंछिन् । एउटी मात्रै सन्तान उनलाई केही कुराको कमी हुन दिनु भएन आमाले । पढ्न बसेकी उनको दिदीको घर बुटवल थियो । दिदीका कान्छा देवरको मनमा बस्छिन् उनी । यो गफमा मुस्कान छुट्यो उनको अनि उनले थपिन् ‘सन्जु जी म सानी सानी मन पराउने मान्छेले भन्न नसकेर आमाले प्रस्ताव गर्नुभयो । म त धरधरी रोएँ किनभने मेरो उत्तर नाई थियो अनि लाग्यो त्यो उत्तरले केही नराम्रो त गर्दैन ?पढ्दै गरेको युवकको आमाले छोराको तर्फबाट गरेको प्रस्ताव अनि आफ्नी दिदीको देवर दुविधा त थियो नै । मन पराउने धेरै थिए उनलाई किनभने राम्री पनि छन् उनी । तर उनको मनमा डर पनि थियो कि कसैले एउटी मात्रै सन्तान भएका कारण खोट देखाउँछन् कि भनेर । तर वास्तवमै अत्यन्तै मन पराउने र बुझ्ने मान्छे हुनुहुँदो रहेछ महेश श्रेष्ठ जसको जिवनसाथी बनिन् अनुपमा । ५ वर्षको पर्खाईले जोडी एक भयो । अचम्म त के छ भने यसमा पनि भूमिका सासू आमाकै रह्यो ।
अनुपमाको आमा सिलाई कटाईमा दक्ष हुनुहुन्थ्यो । उहाँको गुण सरेछ अनुपमा पनि सिलाउन नचाहेनी आमालाई यसो बनाउनुस् उसो बनाउनुस् भनेर सिकाउँथिन् । उनले हल्का सिलाउन पनि सिकेकी थिईन् । बिहे भएको ३ महिना पछि श्रीमान् र आमाकै साहसले फेशन डिजाईनिङ्ग कोर्ष गर्न शुरु गरिन् उनले । ढाई वर्ष पढिन् उनले उक्त कोर्ष । त्यो बीचमा छोरी जन्माईन् उनले । दूधे बालक घरमा राखेर सिक्न जान्थिन् उनी । बिहे भएको ३ महिनापछि केही गर्नुपर्छ भन्ने सोंचले कस्मेटिक र ब्याग पसल गर्न थालिन् उनले । व्यापारमा अघि बढिरहँदा उनका ससुरा बुवाको स्र्वगारोहण भएपछि पनि अलि अफ्ठ्यारो भयो तर पारिवारिक साथ र लगावले उनको पाईला अघि बढाउनमा मद्धत गर्यो । बोल्दा अलि सुस्त अनि नरम भावले जसलाई पनि सम्बोधन गर्ने उनको बानीले साजको नाम अनि उनको काम दुवै प्रशंसनीय बनेको छ । त्यो ताका धेरै फेशन शो र प्रतियोगिताहरुमा भाग लिएकी उनले जित्दै अघि बढिन् । दूधे बालक बोकेर श्रीमान्ले उनको यात्रामा सहयात्रा गरेर सघाउनुभयो ।सम्बन्धले साथ पाएकी अनुले पढेपछि अब केही गर भन्ने आडमा अघि बढिन् उनी जसको फल स्वरुप २०६८ मा खुल्यो साज बुटिक । साज अर्थात श्रृंगार । अनुपमाको घरमा अन्य व्यवसाय पनि साजकै नाममा संचालित छन् । सफल पनि भएका छन् । त्यसैले उनको पेशासँग पनि मिल्ने भएर यो नाम उनले राखेकी थिईन् । परिवारले आर्कषक बुटिक गराईदिने प्रस्तावमा उनको डरले त्यो मानेन । मात्र ढाई लाख लगानी गरेर शुरु भयो उनको बुटिक । शुरुमा त फेशन डिजाईनर पढेकी उनले कुर्ता सुरुवाल, सिलाउन पाईन् । उनले मानिसहरुसंग डिल गर्ने, आफ्नो शिप देखाउने मौका पाईनन् । बुटिकमा उनलाई साथ दिईन् सिर्जनाले ।२ जनाको सहकर्मले साज चम्किँदै गयो । अनुपमाको कार्यमा साथ दिन उनकी आमा पनि उनीसँगै बसेर सिपको प्रयोग र अनुपमालाई सहयोग गर्नमा ठूलो देन दिईरहनुभएको छ । अनुपमाले शुरुमा ई प्लानेटद्धारा आयोजित मिस लुम्बिनी प्रतियोगिताका निर्णायक र प्रतिनिधीहरुका लागि ड्रेस बनाईन् । चलचित्र उर्वसीमा कलाकार निता ढुंगानाले पहिरेको पहिरन अनुकै सिप हो । त्यसपछि विस्तारै उनको सिप को प्रयोग बढ्दै गयो ।
उनी आफु मात्रै हैन उनको बुटिकमा हाल ५ जना कर्मचारीहरुले रोजगारी समेत पाएकाछन्् । मुख्य कर्मचारीको तलब ३० हजार छ । करिब १ लाख महिनामा कर्मचारी तलब र भाडामै खर्च हुन्छ । पहिलोपटक १५ हजारको डिजाईनमा ब्राईडल डे«स बनाएकी उनलाई त्यती आम्दानी हुँदा खुशीको सिमा थिएन । अहिले उनको बुटिकमा ६० हजार सम्मका ड्रेस बन्छन् । उनको डिजाईन रुचाए ग्राहकले अनि बढ्दै गए । सिजनमा ८ लाख जति कमाउने उनी केही नभएपनि डेढ लाखसम्म आनन्दले कमाउँछिन् अहिले । हिँजोआज उनलाई सोधेर पहिरन बनाउनेहरु लगाउनेहरु धेरै छन् जसले उनलाई सन्तुष्टि दिएको छ कि उनले मान्छे कमाईछन् जसले उनलाई विश्वास गर्छन् , उनको कामको कदर गर्छन् । युवा व्यक्तित्व अनुपमा विस्तारै संघ संस्थाहरुमा पनि आबद्ध हुन थालिन् । त्यसमा आमाको सहयोग अपरिर्हाय छ । उनी नहुँदा बुटिक र ग्राहकको जिम्मा आमाले सम्हालिदिएपछि विना वाधा संस्थाहरुमा आवद्ध हुन सकिन् उनी । उनी बुटवल महिला जेसिजको सकृय सदस्य हुंदै उपाध्यक्ष र हाल अध्यक्ष सल्लाहकार छिन् । रुरु मिलन केन्द्रमा कोषाध्यक्ष रहेकी उनी सहयोग गर्नुपर्ने ठाउँमा कसैलाई खाली हात फर्काउंदिनन् । आफ्नी छोरीलाई समय दिन नभ्याउंदाको दिनहरुलाई खल्लो महशुस गर्छिन् उनी । यद्यपी उनको एउटा बानी छ जहाँं जान पर्दा पनि छोरीलाई सम्झाएर भावनामा ठेस नपुर्याउने ।कक्षा ४ मा अध्ययनरत उनकी छोरीपनि बुझकारी छन् । आमाको काम र प्रशंसा गर्न रुचाउंछिन् उनी । बिहान १० बजेसम्म छोरीलाई समय दिन्छिन् अनु । सांझको समयमा पनि कामको चाप नहुँदा छोरीसँगै उनको समय बित्छ । अहिले विभिन्न स्थानमा हुने ब्यूटी पेजेन्ट शोका लागि पनि अनुपमाका डिजाईन प्रयोग हुन्छन् । उको बुटिकमा सजाईएका सम्मान पत्र अनि मायाको चिनोले उनको कामको प्रशंसा त्यहां पहिलोपटक जाने ग्राहकलाई पनि स्वयम् हुन्छ ।अब साज ब्राण्डको स्थापना उनको लक्ष्य छ । उनी चाहन्छिन् सिम्पल कपडा लगाउँदा पनि कुनको भन्दा साजको भन्ने आवाज आओस् । सांच्चै मेहनत, परिवारको अपरिहार्य सहयोगले अघि बढेकी युवा अनुपमा सफल हुनेछिन् ब्राण्ड स्थापनामा शुभकामना ।
प्रस्तुती : सन्जु पौडेल