राष्ट्रिय मानवअधिकार आयोगले अनसनरत डा। गोविन्द केसीको जीवनरक्षा गर्न सरकारलाई आग्रह गरेको छ ।विज्ञप्ति जारी गरी आयोगले डा। केसीसँग सरकारले पटक पटक गरेको सम्झौताहरुमा गम्भीर हुँदै उनको जीवनरक्षाका लागि हरसम्भव प्रयास गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।आयोगले चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ ।
आयोगका सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘डा। के।सी। सँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौताहरुमा गम्भीर हुँदै उहाँको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।’आयोगले आपसी विमतिका विषयमा वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न पनि आग्रह गरेको छ । आयोगले महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर केसीको स्वास्थ्य अवस्थाको जानकारी लिएको पनि जनाएको छ ।












