बसन्त आचार्य / कृषि विकास निर्देशनालय र पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय नसार्न माग गर्दै नयाँ शक्ति सिद्धार्थनगरपालिकाले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मार्फत प्रदेश नं।५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाए लगत्तै एक प्रेश विज्ञप्ती जारी गदै नयाँ शक्ति सिद्धार्थनगरका अध्यक्ष शोभाकान्त नेपालले नगरपालिकाको वर्मेलिटोल स्थित साविक जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको सरकारी भबनमा रहेका निर्देशनालय राज्यलाई मासिक लाखौ आर्थिकभार पर्ने गरि रहस्यमय ढंगले स्थानान्तरण गरि तिलोत्तमा नगरपालिकाको वडा नं ३ र २ का निजि घरमा भाडामा स्थापना गरिएको भन्दै नगर अध्यक्ष नेपालले गम्भिर आपत्ति जनाउनु भयो । साथै माघ १५ गतेसम्म माग पुरा नभए कडा संघर्षमा उत्रने चेताबनी समेत अध्यक्ष नेपालले दिनभयो ।
प्रदेश ५ को को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय भदै २५ गते मन्त्री आरती पौडेल ,सचिव यमनारायण देवकोटा , पशु पंक्षि तथा मत्स्य विकास निर्देशनालयका बरिष्ठ पशु विकास अधिकृत डा।प्रदिप शर्माको उपस्थितिमा सिद्धार्थनगर नगरपालिका वर्मेलिटोल स्थित साविक जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको भवनमा राख्ने निर्णय भएको थियो ।












