काठमाडौं । दरबारमार्गको नाइट क्लब डेजाभूका बाउन्सर राजकुमार श्रेष्ठ पक्राउ परेका छन् । उनलाई महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ गरेको हो ।महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी दानबहादुर मल्लले श्रेष्ठलाई पक्राउ गरिएको पुष्टि गरे । उनका अनुसार बैंकिङ कसुर सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको हो ।‘एक जनाबाट करिब ५ लाख जति पैसा दिएको रहेछ । उसले फिर्ता दिएको चेक बाउन्स भएपछि परिसरमा उजुरी परेको थियो’, मल्लले भने, ‘त्यसपछि पक्राउ गरिएको हो ।’
उनले रकम फिर्ता दिने बताए पनि नयाँ कानुन अनुसार मुद्दा दर्ता भइसकेपछि फिर्ता लिन नमिल्ने भएकाले उनी थुनामै रहेको बताए ।थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।












