उपसचिवको गाडीमा ढुंगा प्रहार

प्रकाशित मिति:

काठमाडौं । डा। गोविन्द केसीसँगको सहमति विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन खोजेको भन्दै नेविसंघले गरेको प्रर्दशनका क्रममा मंगलबार दिउँसो झडप भएको छ ।नयाँ वानेश्वरस्थित संसद भवन छेऊमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठनले गरेको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी गोविन्दराज काफ्लेले प्रदर्शनकारीले निषेधित क्षेत्र पार गरेपछि लाठीचार्ज गरेर स्थितिलाई नियन्त्रणमा लिइएको बताए । उनका अनुसार त्यसक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप(सचिव लक्ष्मी निरौला चढेको गाडीमा नेविसंघ कार्यकर्ताले ढुंगा प्रहार गरेका छन् ।संसद भवन अगाडि उभिएको समूहले सरकारी गाडी देख्नेवित्तिकै ढुंगा प्रहार गर्दा उनको बा १ झ ४१२६ नम्बरको कारको सीसा फुटेको छ ।उप(सचिव निरौलाका अनुसार उनलाई समेत सीसाको टुक्राले लागेको छ । कार्यालय समयपछि गाडी लोकन्थली जाँदै थियो । हाल उक्त गाडीलाई मन्त्रालय परिसरमा राखिएको छ ।