डा.केसीको अनसनबारे ट्रान्सपरेन्सीले भन्यो, ‘प्रधानमन्त्री ओलीको अभिव्यक्ति दु:खद
काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको सुधारको माग राख्दै अनसन बसिरहेका डा गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ। डा.केसीसँग भएका सम्झौता अविलम्ब कार्यन्वयन गरी उनको जLवन रक्षा गर्नुपर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ।
‘स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका क्षेत्रमा विद्यमान विकृति र विसङ्गतिहरुका विरुद्ध लामोसमयदेखि सत्याग्रहका माध्यमबाट अनवरत संघर्ष गर्दै आउनु भएका डां गोविन्द केसी, सरकारसँग भएका सम्झौता अनुरुप आफ्ना मागहरु पुरा नभएको कारणबाट विगत १६ दिनदेखि पुन आमरण अनसनमा रहनु भएको खबरले यस संस्थाको गम्भीर ध्यान आकृष्ट भएको छ’, ट्रान्सपरेन्सीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ,
‘सार्वजनिक हितका लागि स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षालाई थप गुणस्तरीय बनाउनुपर्ने मागका सम्बन्धमा सत्याग्रही र संस
दमा बहुमत प्राप्त प्रधानमन्त्रीका बीचमा भएको सम्झौता कार्यान्वयन नहुनु र सम्झौतालाई तत्कालिन परिस्थितीको उपज थियो भनी सम्झौताप्रति उपेक्षाभाव देखिने खालको अभिव्यक्ति प्रधानमन्त्री ज्युबाट आउनु अत्यन्त दु:खद पक्ष हो।’
सत्याग्रही र संसदमा बहुमत प्राप्त प्रधानमन्त्रीका बीचमा भएको सम्झौता कार्यान्वयन नहुनु दुखद् भएको निष्कर्श उसको छ। चिकित्सा शिक्षाको गुणस्तर कायम राख्न र लोकतान्त्रिक सरकारका प्रमुखले गरेका तथा भविस्यमा गरिने सम्झौताप्रति जनताको विश्वसनीयता कायम राखिरहन डा केसीसँग भएका सम्झौताहरु कार्यान्वयन हुनुपर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलको ठहर छ।












