रुपन्देही/ तिलोत्तमा ४ मा रहेको ज्ञानकुञ्ज पाठशाला खेलकुद सप्ताह जारी छ । खेल सप्ताह अन्तरगत बिहिबार विधार्थीहरुका विचमा बास्केट वल म्युजिकल चियर लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् । विद्यालयमा फुटवल क्रिकेट, भलिवल टेवलटेनिस,लगायतका खेलहरुमा विद्यार्थीहरुले भाग लिएका छन् ।
विद्यालयले ३२ वटा विधामा ५ सय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको जनाएको छ । विद्यालयका सहप्राचार्य विष्णु प्रसाद भुषाले प्रतियोगिता माघ ७ गतेवाट शुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न हुने जानकारी पनि दिनु भयो । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई एक समारोहकाविचमा शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने विद्यालयले जनाएको छ










