अष्ट्रेलियामा बस्दै आएकी साहित्यकार संगीता स्वेच्छाले ‘गुलाफसँगको प्रेम’ नामक कथा संग्रह पाठकमाझ ल्याएकी छन् । संग्रहमा परदेशमा बसेका नेपालीको कथासँगै स्वदेशबाट विदेश गएपछि सांस्कृतिक, पेसा तथा जीवनमा आउने रूपान्तरणको चित्रलाई कथात्मक रूपमा समेटिएको छ । ग्रहको कवि तथा साहित्यकर्मी तुलसी दिवस, साहित्य अनुरागी सुस्मिता नेपाल र शेखर खरेलले लोकार्पण गरे । कवि दिवसले विदेशिएका धेरै जनसंख्यामध्ये कमैले मात्र सिर्जनशिलता बोकेर फर्कने गरेको बताए । ‘पुस्तक पढ्दै जाँदा पाठकले गर्ने अनुमानविपरितका विषय पाउँछन्’, दिवसले भने, ‘कुनै फर्मुला कथा जस्तो कथा पुस्तकमा छैन । कथाको स्वरुप राम्रो छ ।’ दिवसले संगीताका कथामा जिन्दगीमा मानिसले सोचेको, खोजेको र भोगेको भन्दा बढी पीडा र व्यथाहरू पाइने उल्लेख गरे ।










