युएई /
एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले “स्वस्थ रहन खेल खेलौ” भन्ने अभिप्रायका साथ फुटबल खेलका माध्यमद्वारा युवाहरूलाई एकत्रित पार्दै अनुशासित र गतिशीलताको उद्देश्यका साथ दोश्रो ुएनआरएनए कप फुटवल प्रतियोगिताु आयोजना गर्ने भएको छ । फेब्रुवरी २२, २०१९ मा आयोजना हुने उक्त प्रतियोगिता अलऐन सुटिंग क्लवको खेलमैदानमा हुने भएको हो । प्रतियोगितामा बिजेता पुरस्कार राशी ५,५५५ दिराम र उपबिजेता पुरस्कार राशी ३,५५५ दिराम पाउनेछन् । साथै उत्कृष्ट खेलाडी,उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
एनआरएनए युएईले गतवर्ष देखि थालनी गरेको यो दोश्रो संस्करणको प्रतियोगितामा युएईका बिभिन्न प्रान्तका नेपाली फुटबल टिमले भाग लिने एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनका अध्यक्ष गोपाल पौडलले बताए ।










