सातौ वालिङ महोत्सवको तयारी ९० प्रतिशत सकियो

प्रकाशित मिति:

सातौ वालिङ महोत्सवको तयारी तीव्र पारिएको छ । अहिलेसम्म सातौ महोत्सवको तयारी ९० प्रतिशत भइसकेको बताइएको छ । ३ सय ५० भन्दा बढी स्टल रहने महोत्सवमा सबै भन्दा बढी स्थानीय उत्पादनलाई जोड दिइने भएको छ । १५ करोडको कारोवार सगै ५ लाख दर्शक भित्राउने लक्ष्य महोत्सवले लिएको महोत्सवका संयोजक पौडेलले जानकारी दिए ।

माघ १७ गते देखि शुरु हुने सातौ महोत्सव माघ २८ गते सम्म संचालन हुने छ । गण्डकी प्रदेश स्तरीय औद्योगिक, कृषि, पर्यटन, साँस्कृतिक, सूचना प्रविधि एवं शैक्षिक प्रदर्शनी तथा व्यापार मेलाको पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यम तय भएको आयोजकले जनाएको छ ।महोत्सव मुल अयोजक समितिका संयोजक तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलको रोहबरमा महोत्सव प्रचार प्रसार उपसमिति संयोजक तथा संघका सचिव पदमराज गुरुङ र हाम्राकुरा डटकम स्याङ्जा प्रतिनिधि श्रीकृष्ण सिग्देल विच सम्झौता भएको छ ।तेस्रो वालिङ महोत्सवमा पनि हाम्राकुरा डटकम मिडिया पार्टनरका रुपमा रहेको थियो । तेस्रो महोत्सवलाई सफल बनाउन हाम्राकुरा डटकम अनलाईनले महत्वपूर्ण भुमिका खेलेको भन्दै सातौ वालिङ महोत्सवलाई पनि विश्वभर चिनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वासका साथ मिडिया पार्टनरका रुपमा सम्झौता गरिएको प्रचार प्रासार उपसमितिका संयोजक पदमराज गुरुङ्ले जानकारी दिए ।