रोकएन हिमपात,, सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन थप कष्टकर बन्दै

प्रकाशित मिति:

सोमबार रातीदेखी सामान्य वर्षासँगै सुरु भएको हिमपात नरोकिदा बझाङ जिल्ला लगायत सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन थप कष्टकर भएको छ । हिमपातसँगै बर्षा समेत नरोकिएपछि बझाङ जिल्लामा चिसो बढ्नुका साथै यातायात ,सञ्चार तथा विद्युत सेवा समेत अबरुद्ध भएपछि जिल्लाको जनजिवन थप कष्टकर बन्दै गएको हो ।

जिल्लाका उच्च हिमाली क्षेत्र काँडा, दहवगर, सुर्मा, दौलिचौर, मेलविसौना, दाँतोला, रिलु, मष्टा, कोटदेवल, कैलास, गडराय, पाटादेवल लगायतका ठाँउमा बाक्लो हिमपात हुने कार्य रोकिएको छैन् । दिउसो बादल लाग्ने समान्य बर्षा हुने र उच्च लेकालीभेगमा बाक्लो हिमपात हुने कार्य रोकिएको छैन । पछिल्लो आठ बर्ष यताको सबै भन्दा बढी हिमपात यसबर्ष भएको बुढापाकाहरु बताउंछन् ।