नैतिकवान हुदैनन् नेताहरु पोष्टमा पुगेपछि ……

प्रकाशित मिति:

नैतिकवान हुदैनन् नेताहरु पोष्टमा पुगेपछि
जनता जस्तै हुँ भनि बिर्सन्छन् नोटमा डुबेपछि

चप्पल लगाएर गाऊँ जान्छन् चुनावको बेला
भोट दिन्छन् जनताले उनिहरुलाई दैलो ढुकेपछि

गाऊँको बाटोघाटो विकास सबै बिर्सिदिन्छन् हरे
आलिंसान महल सररर महंगो गाडिमा गुडेपछि

सड़कको नारा जुलूसको माग के मतलब भयो
माफिया भ्रष्टाचारीसंग मदिराकै ग्लास चुमेपछि

पालैपाला ब्रम्हलुट गरि देशलाई खोक्रो बनाए
मख्ख छन् बिदेशका बैंकमा ५२ अरब लुकेपछि

प्रस्तुती : शारदा क्षेत्री