अमेरिकाको हवाइयन एअरलाइन्स कम्पनीको होनोलुलुबाट न्यूयोर्क जाँदै गरेको फ्लाइटमा जहाजमा काम गर्ने कर्मचारी फ्लाइट एटेण्डेण्टको हृदयाघातका कारण मृत्यु भएपछि आकस्मिक रुपमा सान फ्रान्सिस्कोतर्फ मोड्नुपयो । घटनाका बारेमा सान फ्रान्सिस्को विमानस्थलका प्रवक्ता डाग याकेलले भने, ‘जहाजमा कार्यरत एक कर्मचारीलाई हृदयाघात भएको आशंकापछि हवाइयन एअरलाइन्सको ५० नम्बरको फ्लाइट क्यालिफोर्नियामा अवतरण गर्यो ।’
याकेलका अनुुसार हृदयाघातको आशंकापछि जहाजमा रहेका स्वास्थ्यकर्मीले ती व्यक्तिको सीपीआर कार्डियाक पल्मोनरी रिसस्सिटेशन–हृदयाघात भएको व्यक्ति बेहोश भएर सास फेर्न नछोडोस् अर्थात कार्डियाक अरेष्ट नहोस् भन्नका लागि पीडितको रक्तसञ्चार गराइरहने प्रक्रिया० गर्न खोजेका भए पनि अवतरण हुञ्जेलका लागि त्यो प्रक्रिया रोकेका थिए ।स्थानीय हवाइ न्यूज नाउ नाम गरेको सञ्चारमाध्यमलाई स्रोतले बताएअनुसार जहाज अवतरणपछि पनि अन्य कर्मचारीले घण्टौँ सीपीआर गरेका थिए । ती फ्लाईट एटेण्डेण्टले त्यस एअरलाइन्समा ३० वर्षभन्दा बढी काम गरेको बताइएको छ ।












