ब्राजिल / ब्राजिलमा बाँध भत्किदा सात जनाको मृत्यु भएको छ । भने नौँ जना घाइते भएका छन् । शुक्रबार बिहान भएको उक्त घटनामा परी १५० भन्दा बढी बेपत्ता भएका अधिकारीहरुले बताएका छन् । मिनास गिरैस राज्यमा यो घटना भएको सरकारी अधिकारीहरुले शुक्रबार बेलुका सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन् ।
पिडितहरुका बारेमा थप विवरण भने सार्वजनिक गरिएको छैन । घटनास्थलमा एक सय भन्दा बढी व्यक्तिहरु छुट्टा छुट्टै उद्धार तथा खोजी कार्यमा लागेका छन् । घटनास्थलमा ४२७ भन्दा बढी कामदारहरु काम गरिरहेकोमा १५० भन्दा बढी कामदारहरु अहिले सम्पर्कमा नरहेको अधिकारीहरुको भनाई छ ।












