विराजको ‘साङ्लो’ मा निकिता

प्रकाशित मिति:

सुपरस्टार विराज भट्टले निर्देशनमा डेब्यु गर्न लागेको फिल्म ‘साङ्लो’ मा सन् २०१७ की मिस नेपाल निकिता चाण्डक लिड हिरोइनमा अनुबन्ध भएकी छन् । शुक्रवार साँझ निकिता र विराजबीच औपचारिक रुपमा कागजी सम्झौता भएको छ । अब फिल्ममा यी दुई जोडीको रुपमा देखिनेछन् । यसअघि निकिताले फिल्म रानीमहलु साइन गरेकी थिइन् । यो फिल्म आधा छायांकन नसकिँदै निर्देशक र निर्माताबीचको लफडाका कारण रोकिएपछि उनले केही हप्ता अगाडि मात्र रानीमहलु छाडेको बताएकी थिइन् । अब उनी फिल्म ‘साङ्लो’ मार्फत् पर्दामा देखिनेछिन् ।

फिल्मका प्रोडक्सन हेड शंकर पाण्डेले ‘साङ्लो’ को छायांकन चैत १ गतेबाट हुने बताए । विराज स्वयंको अभिनय, निर्माण, निर्देशन र कथामा बन्ने फिल्म पूर्ण रुपमा एक्सनप्रधान हुनेछ । काठमाडौं, पोखरालगायतका स्थानमा खिचिने फिल्ममा नवराज शर्मा एडीको रुपमा रहनेछन् ।

शनिबारबाट बाँकी कलाकार छनोट गरिने पाण्डेले बताए । करीब डेढ वर्ष अगाडि विराजले ५ वर्षपछि रोज राणा निर्देशित फिल्म ुजय परशुरामु बाट कमब्याक गरेका थिए । यद्यपि, उनको कमब्याक सुखद रहेन । अब उनी आफैं निर्देशित फिल्मबाट जबरजस्त कमब्याक गर्ने तयारीमा छन् ।