स्पष्टमेलक वैदेशिक रोजगारीका लागि लागि परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमान र यूएईमा नयाँ श्रम सम्झौता गर्न टोली बाहिरिएको बताएको छ । नेपालबाट रोजगारीका लागि विदेशमा जाने कामदारको लागि सहज बाटो तयार पार्न ओमान र यूएईसँग नयाँ श्रम सम्झौताका लागि छलफल गर्ने शनिबार टोली त्यसतर्फ प्रस्थान गरेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय टोली शनिबार यूएई र ओमानका लागि उडेको थियो।
मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, परराष्ट्र मन्त्रालयका उपसचिव सुरेश अधिकारी, श्रम मन्त्रालयका उपसचिव दीपक ढकाल र शाखा अधिकृत सुरेश सुवेदीको समेत सहभागीता रहेको टोली ओमानसँग श्रम सम्झौताका लागि दुई दिन छलफल गर्ने छ ।त्यसपछि टोली मंगलबार यूएईतर्फ जानेछ । यूएईसँग दुई दिन छलफल गरी सो टोली स्वदेश फर्किनेछ । नेपालले दुवै देशमा शून्य लागतमा कामदार पठाउने र सम्पूर्ण लागत खर्च रोजगारदाताले नै बेहोर्ने गरी सम्झौता गर्न तयारी गरेर गएको बताइएको छ ।












