घुससहित अख्तियारकै कर्मचारी फन्दामा

प्रकाशित मिति:

नेपालगन्ज /मुद्दा मिलाइदिने भन्दै एक ब्यक्तिसँग घुस लिइरहेको अवस्थामा अख्तियारकै कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक९असई० जन्म अधिकारीलाई आयोग केन्द्रिय कार्यालयबाट खटिएको टोलीले घुससहित पक्राउ गरेको हो। स्रोतका अनुसार अधिकारीलाई नेपालगन्जबाट करिव ४ लाख घुससहित अख्तियार टोलीले रंगेहात पक्राउ गरेको थियो।

पक्राउ परेका अधिकारीलाई आवश्यक कारबाहीका लागि आइतबार केन्द्रिय कार्यालयमा लगिएको बताइएको छ। यस विषयमा प्रतिक्रिया लिदाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले आफूलाई जानकारी नभएको बताए। आयोग सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले आयोगमा कार्यरत एक जना कर्मचारी ९असई० आयोगकै टोलीबाट पक्राउ परेको भन्ने कुरा आफूले सुनेको र एकिन जानकारी नभएको बताए।