दीपक मनाङेले लिए सपथ

प्रकाशित मिति:

मनाङ ‘ख’ बाट निर्वार्चित दीपक मनाङेले सांसदको सपथ लिएका छन् । गण्डकी प्रदेशसभामा निर्वाचित राजीव गुरुङ ९दीपक मनाङे० ले पद तथा गोपनीयताको सपथ लिएका हुन्। उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सोमबार सपथ ग्रहण गराएका थिए ।

मनाङेले गत पुस ११ गते प्रदेशसभा कार्यालयमा शपथ खान पाऊँ भनी निवेदन दिएपछि यस विषयमा सभामुखले पटक(पटक छलफल गरी उनलाई सपथ खुवाउने निर्णय गरेका थिए ।
स्वतन्त्र उम्मेदवारबाट चुनाव जितेका उनले लामो समय हुँदा पनि सांसदको सपथ लिन पाएका थिएनन् । उनी जेल चलान भएका थिए ।