प्रधानन्यायाधीश राणाको अर्को एक्सन : ललितपुर र तनहुँ जिल्ला अदालतका न्यायाधीश निलम्बित
काठमाडाैँ – ललितपुर र तनहुँ जिल्ला अदालतका न्यायाधीश निलम्बनमा परेका छन् । आचरण विपरित कार्यसम्पादन गरेको र पदीय कर्तब्यबाट च्यूत भएको आरोपमा न्याय परिषदले ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायलाई निलम्बन गरेको हो ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाले शपथ गरेको भोलिपल्ट परिषद्को निगरानी संयन्त्रले पहिलो अनुगमन ललितपुर जिल्ला अदालतमा गरेको थियो । अनुगमनका क्रममा भीएलएनको नाममा अवैध रकम उठाएर ५ अर्ब रूपैयाँ ठगेको आरोप लागेका राम श्रेष्ठको मुद्दामा आत्रेयले गडबडी गरेको पाइएको थियो ।
यस्तै न्यायिक बिचलन देखिएको भन्दै तनहुँका जिल्ला न्यायाधीश उपाध्यायलाई न्याय परिषदमा झिकाइएको थियो यसअघि, विराटनगर उच्च अदालतमा विकराल अवस्था देखिएपछि तत्काल पाँच न्यायाधीश नागेन्द्र लाभ कर्ण, उमेशकुमार सिंह, उमेशराज पौडेल, थिरबहादुर कार्की र सारंगा सुवेदी परिषदमा तानिएका थिए ।












