इलाममा प्रेमिकाले विष खान नमानेको भन्दै कुटपिट गर्ने प्रेमि पक्राउ

प्रकाशित मिति:

इलाम-  इलाममा विष खान नमानेको भन्दै आफ्नै प्रेमिकामाथि निर्घात कुटपिट गर्ने एक प्रेमि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सन्दकपुर गाउँपालिका–३ सुलुबुङका ३० वर्षे सागर सुवेदी रहेको प्रहरीले बताएको छ । आफूसँगै विष खान नमानेपछि त्यही वडाकी २७ वर्षीया सरिता रेश्मीमगरलाई उनकै प्रेमिले कुटपिट गरी गम्भीर घाइते बनाएका हुन्।

बुधबार दिउँसो गाउँमै सागरले सरितालाई ‘दुवैजनाले विष खाउँ’ भनेको तर नमानेपछि सरितालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । सागरको कुटाइबाट उम्किन सफल भएपछि सरितालाई जिल्ला अस्पताल ल्याइएको थियो। तर यहाँ उपचार सम्भव नभएपछि उनलाई झापा रिफर गरिएको छ। सागरको मोरङकी अर्की युवतीसँग आउँदो २८ गते बिहे निश्चित भइसकेको स्थानीयले बताएका छन् ।