मेलवर्न – गोपाल थपलिया प्रतिष्ठानको शाखा मेलवर्नमा पनि खोलिएको छ । वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको उपस्थितिमा अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अवैतनिक महावाणिज्यदूतको कार्यालयमा भएको एक भेलाले रामकुमार श्रेष्ठको संयोजकत्वमा नेपालमा सात सदस्यीय तदर्थ समिति गठन गरि शाखा विस्तार गरिएको हो ।
सिड्नी भेलामा वरिष्ठ पत्रकार थपलिया, पूर्व सभासद तथा अखिल नेपाल महिला संघ केन्द्रिय सचिवालय सदस्य शान्ती अधिकारी, प्राध्यापक राजु मानन्धर, एनआरएन ओसेनियका क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरए आइसिसी सदस्य होम पाण्डे, प्रवासी नेपाली मंच अध्यक्ष रमेश पाण्डे, एनआरएनए अस्ट्रेलिया कोषाध्यक्ष अच्यूत थपलियाको उपस्थिति थियो ।
यस्तै, नेपाल पत्रकार महासंघ अष्ट्रेलियाका संयोजक हेमन्त काफ्ले, नेपाल अष्ट्रेलियन एशोसियसनका सचिव ऋषी आचार्य, डा.जगदीश तिमल्सिना, नेपाल कला संस्कृति तथा साहित्य प्रतिष्ठाका अध्यक्ष सुजाता बस्नेत, गोपाल थपलिया प्रतिष्ठान अस्ट्रेलियाका कोषाध्यक्ष निता शाह, समुदाय अगुवा हरी लामिछाने, लेखक केदार पोखरेललगायतको पनि उपस्थिति थियो ।
मेलबर्नमा गठित तदर्थ समितिको सचिवमा गोपालकृष्ण शिवाकोटी, कोषाध्यक्षमा निता शाह र सहस्यहरुमा शुशिल चालिसे, गौतम लामिछाने, शैलेन्द्र सुवेदी, निरु त्रिपाठी छन् । समितिमा सिड्नीको भेलाले पत्रकारद्धय ऋषी अधिकारी र हेमन्त काफ्ले तथा रमेश पाण्डे र अच्युत थपलियालाई थप्ने निर्णय गरेको छ ।
मेलबर्नको भेलाले समितिको सल्लाहकारमा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन र वरिष्ठ बैज्ञानिक डा. राजु अधिकारी चयन गरेकोमा सिड्नीको भेलाले डा.जगदीश तिमल्सिना र मनऋषी धिताललाई सल्लाहकार मण्डलमा थपेको छ । प्रतिष्ठानका गतिविधिहरुलाई व्यवस्थित र व्यापक रुपमा अगाडि बढाउन भविष्यमा अन्य राज्यहरुबाट पनि यसरी नै थपिदै लगी ब्यापकता दिइनेछ ।
२०७३ सालमा नेपालका बुद्धिजीवि, पत्रकार, सामाजिक अभियन्ता, समाजसेवी, राजनीतिज्ञ, उद्योगपति आदिको संयुक्त भेलाले गोपाल थपलिया प्रतिष्ठान गठन गरिएको थियो । देश विदेशमा रहेर विज्ञान, शिक्षा, स्वाथ्य, साहित्य, कला, सामाजिक सेवा, परिवर्तनको अभियन्ता, पत्रकारिता लगायत सबै क्षेत्रमा खोजी गरी सम्मान गर्ने उद्देश्यले गठित प्रतिष्ठानले विश्वमा भएको मानव हितको सम्पूर्ण कामहरुको सक्दो प्रचारप्रसारमा जोड दिने बताएको छ ।












