डा केसीको समर्थनमा ७२ घण्टे अनसनमा बसेका दुई युवाको स्वास्थ्य खस्कियो

प्रकाशित मिति:

काठमाडौं – चिकित्सा शिक्षा विधेयकमा आफूसंग भएको सम्झौता पालना गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिन १६ औं चरणको आमरण अनसनमा डा गोविन्द केसी बसेको शुक्रबार २४ दिन भइसकेको छ ।  सरकारले डा केसीका माग पूरा गर्नेतर्फ ध्यान दिनु त परै जावस जीवनरक्षाका लागि समेत कुनै पहल गरेको छैन ।

दवाव दिन प्रतिपक्षी दलहरुदेखि लिएर नागरिक समाज अनि सिंगो नेपाल चिकित्सक संघ पनि होमिएको छ ।  त्यसैगरी दुई युवाहरु खेमबहादुर मगर र अर्जुनप्रसाद कोइराला पनि आमरण अनसनमा बसेका छन् । मगर र कोइराला गत पुस १६ गते साँझ ६ बजेदेखि रत्नपार्कको शान्तिबाटिकामा अनसन बसिरहेका हुन् । ७२ घण्टे अनसनमा बसेका मगर र कोइरालाको स्वास्थ्य पनि बिग्रिदै गएको छ ।