नेपाल बिद्यार्थी संघ बुटवल बहुमखी क्याम्पसले बुटवलको ट्राफिक चोकमा केही बेर अघि सरकार बिरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन ।डा केशीका माग तत्काल सम्बोधन गरी उनको जीवन रक्षा गर्नु पर्ने, निर्मलाका हत्यारा पत्ता लगाइ कारबाही गर्नु पर्ने, भ्रष्टाचार,महङ्गी नियन्त्रण गर्नु पर्ने लगायका माग राख्दै सडक आन्दोलनमा निस्केको नेबिसंघले शुक्रबार देसैभरी प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो । बुटवलमा भएको कार्यक्रममा बिद्यार्थी नेताहरुले सरकारले जनतालाइ शुसासन र विकास दिन नसकेको र अपराधीलाइ संरक्षण दिदा दण्डहिनता बढेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरे ।
नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसका उपाध्यक्ष ऋषि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेविसंघका पुर्व केन्द्रिय सदस्य जमुना ढकाल,बिद्यार्थी नेता छाया पोख्रेल,दिवश न्यौपाने लगायतले बोल्दै प्रतिपक्षलाइ पेलेरै जाने सपना नदेख्न सरकारलाइ चेतावनी दिदै सडकबाटै बिद्यार्थीहरुले दुइ तिहाइको दम्भलाइ तोडीदिने दावी गरे ।उता कपिलबस्तुमा पनि प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।नेबिसंघका सहमहामन्त्री प्रकाश घिमिरे र जिल्ला सभापति राकेश पाण्डे सहित ५ जना नेतालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।












