काठमाण्डौ – नेविसंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको गाडी नियन्त्रणमा लिएको छ ।शनिबार सरकारी गाडी चलाएको भन्दै गाडी नियन्त्रणमा लिएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनुभयो ।बा १ झ ९९९५ नम्बर रहेको त्यो गाडी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शिशिर कुमार ढुगानाले चलाइरहनुभएको थियो ।
आन्दोलनको कार्यक्रम अन्तर्गत नै सरकारी गाडी नियन्त्रणमा लिएको सदस्य भट्टले बताउनुभयो । शनिबार तथा बिदाको दिनमा पनि सरकारी गाडी दुरुपयोग गरिएको पाइए नछोडिने समेत उहाँले चेतावनी दिनुभयो ।












