भारतको मणिपुर प्रहरीले शुक्रबार भारत तेनगोपाल जिल्ला र म्यानमारको सीमावर्ती क्षेत्र मोरेबाट कम्तीमा १०० जना नेपाली महिलाको उद्धार गरेको छ ।साथै उनीहरुलाई लैजाने एक तस्करलाई पनि प्रहरी गिरफ्तार गरेको छ ।भारतीय प्रहरीले ती महिलाहरुलाई म्यानमारको बाटो हुँदै विभिन्न दक्षिण एसियाली तथा मध्यपूर्वी राष्ट्रहरुमा तस्करी गरिन लागेको हुनुक्ने शंका व्यक्त गरेको छ ।
प्रहरीले पनि गिरफ्तार गरेको तस्कर नेपालको सिन्धुपाल्चोक जिल्लाको ४२ वर्षीय आशाकाजी तामाङ भएको खुल्न आएको छ । प्रहरीका अनुसार ती महिलाहरुलाई शुक्रबार बिहानैदेखि जारी खोजी कार्यका दौरान मोरे शहरको विभिन्न ठाउँबाट उद्धार गरिएको हो ।मणिपुर बाल अधिकार संस्था एमएसीआरका संयोजक मोन्टु अहन्तमले स्थानीय इण्डियनएक्सप्रेस लाई बताएअनुसार दिल्लीमा रहेका संस्थाका एक सदस्यले दिल्ली महिला आयोगले दिल्लीबाट ३ महिलाको उद्धार गरेको भनेरे सूचना दिएका थिए ।
ती तीन महिलाले थुप्रै महिलाहलाई नेपालबाट भारत लान लागिएको सूचना दिएका थिए ।माइती नेपालबाट यो सूचनाको पुष्टि भएपछि खबरदारी गरिएको थियो । माइती नेपालका अनुसार दिल्लीमा भेटिएका तीन महिलालाई सोधपूछ गरेपछि अरु महिलाहरुलाई भारतको उत्तर पूर्वी क्षेत्रको म्यानमारको सीमावर्ती क्षेत्रतर्फ लैजाँदै गरिएको पत्ता लागेको थियो ।
प्रहरीले शुक्रबार बेलुकी मोरे शहरकै एउटा होटेलबाट ६१ जना अरु महिलाहरुको पनि उद्धार गरेको थियो ।एमएसीआरका संयोजक मोन्टुले यो अहिलेसम्मकै ठूलो उद्धार अपरेशन भएको र प्रहरीको सहयोगविना यो सम्भव नहुने बताउनुभयो ।












