‘दबंग ३’ मा पनि आइटम नम्बर गर्ने करिनाले

प्रकाशित मिति:

सुपरस्टार सलमान खानको फिल्म ‘दबंग २’मा आफ्नो स्पेशल डान्सबाट सबैको दीवाना बनेकी थिएन् करिना कपूर खान । यसै फिल्मको तेस्रो सिक्वेल ‘दशंग ३’ मा पनि करिना देखिने भएकी छन् । ‘दबंग २’ फिल्मको दोस्रो पार्टमा करिनाको आइटम नम्बर ‘फेविकोल से’ निकै चर्चित बन्यो ।त्यस्तै समाचारमा आए अनुसार फिल्मको तेस्रो सिक्वेलमा पनि मेकर्सले करिनालाई नै ल्याउने तयारी गरिरहेका छन् । फिल्मलाई डान्स आइकन प्रभुदेवाले गर्नेछन् । खबरमा आए अनुसार करिनाले रोहित शेट्टिसँग भेट गरेपछि अरबाजलाई भेटन जुहू गएकी थिइन् । अरबाज दबंग सिरिजको प्रोड्युसर हुन् ।

यो फिल्मको पहिलो पार्टमा मलाइका आरोडाले ‘मुन्नी बद्नाम हुई’ आइटम नम्बर गरेकी थिएन् । त्यसपछि फिल्मको दोस्रो पार्टमा करिनाले आइटम नम्बर गरेकी थिइन् ।डेक्कान क्रोनिकलले आफ्नो एक सुत्रलाई मेन्सन गर्दै लेखेका छन्, ‘अश्वानी माञ्जरेकर, सोनाक्षी सिन्हा र सलमान खान त पहिल्यै देखि कास्टका हिस्सा हुन् । बाँकी कलाकारहरुलाई भुमिकाको आधारमा छनौट गरिनेछन् । यो फिल्मको सुटिङ मार्चबाट सुरु हुनेछ ।’

कुशल अभिनेत्री करिना कपूरको वर्क फ्रन्टको कुरा गर्नुपर्दा पछिल्लो समय फिल्म ‘वीरे दी वेडिङ’मा देखिएकी थिइन् । यसका साथै अब चाँडै फिल्म ‘गुड न्युज’मा अभिनेता अक्षय कुमारसँग देखिदै छन् ।