डोटी/ डोटीको सायल गाउँपालिकामा एक गर्भवतीको मृत्यु भएको छ । बच्चा जन्माउने क्रममा आईतबार ४३ वर्षीया नारु ऐरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यलय डोटीले दिएको जानकारी अनुसार उनलाई सुरुमा घरमै सुत्केरी गराउने कोसिस गरिएको थियो । तर उनलाई अत्यान्तै गाह्रो भएपछि उपचारका लागि जिल्ला अस्पताल दिपायलमा ल्याइएको थियो । अस्पताल ल्याएर चेक गर्नेक्रममा गर्भमा रहेकोे बच्चाको मृत्यु भईसकेको अस्पतालले बतायो । त्यसपछि मृत बच्चालाई निकालिएको थियो । त्यसको केही समयमै नारु ऐरको मृत्यु भएको थियो ।












