नेपालीका लागि धेरै काम तर कम चर्चामा

प्रकाशित मिति:

न्यूर्योक, अमेरिका ।
संयुक्त राज्य अमेरिका को न्यूर्जसी राज्यका संसदका पूर्व उपसभामुख तथा वर्तमान सांसद गोर्डन यम जोन्सन ( Gordon M Johnson)ले नेपालको विकासका लागि जलश्रोत , कृषि र पर्यटनको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । सबलपोष्ट का संवाददातासंगको कुराकानीमा वहांले नेपाल प्राकृतिक रुपमा अत्यन्त सुन्दर भएको, नेपालीहरुको मेहनत र साहसको उचित प्रयोग गर्न सके नेपालको विकास तीब्र गतिमा हुनेमा शंका नभएको बताउनुभयो । वहांले उक्त कुरा गम्भिरतापूर्वक सोंचेर अघि बढ्न सरकारलाई आग्रह गर्नुभएको छ । देश विकासका लागि प्राविधीक शिक्षा अनिवार्य भएकाले युवा स्वरोजगारका निम्तिी उक्त शिक्षा प्रणाली लागुगरी देशमै युवाहरुलाई रोजगारयुक्त बनाउन तर्फ ध्यान दिन जरुरी रहेको औंल्याउनुभयो ।
त्यस्तै वहांले यसमा विदेशी राष्ट्रहरुले पनि सहयोग गर्ने बताउंदै उक्त कार्यले मात्र देशका युवाले विकासमा सहयोग गर्न सक्ने भनाई राख्नुभयो । सन् २०१७ मा नेपालका उपसभामुख गंगाप्रसाद यादवको निमन्त्रणामा औपचारिक भ्रमण गरिसक्नुभएका वहांले भ्रमणमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा लगायत विभिन्न संचारमाध्यमका पत्रकार तथा संघसंस्थाका प्रतिनिधीहरुलाई समेत भेट गर्नुभएको थियो । उक्त भेटबाट प्रभावित वहांले नेपालको विकासका लागि आफूले पहल गरिरहेकको बताउनुभयो ।आफू नेपाली नेताहरुसंगको सम्पर्कमा रहिरहेको भन्दै वहांले नेपालले आफ्नो विकासको मोडल तयार गरेर सोही अनुसार काम गर्न सुझाउनुभयो । साथै वहांले अमेरिकाको न्यूजर्सी, न्यूर्योक र पेन्सलभेनियामा बस्ने नेपालीहरुको कार्यक्रममा सहभागी हुंदा खुशि लागेको अनुभव सुनाउंदै नेपालीहरुको जस्तो आतिथ्यता अन्त कतै नभएको जनाउनुभयो । निकट भविष्यमै पुन ः नेपाल भ्रमण गर्ने वहांले जानकारी दिनुभयो ।