प्रथम अध्यक्षकप खुल्ला राष्ट्रिय भलिवल प्रतियोगिता हुने

प्रकाशित मिति:

प्रतापपुर गाऊपालिकाको आयोजनामा यहि फागुन २ गते देखि ४ गते सम्म प्रथम अध्यक्षकप खुल्ला राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ । प्रतापपुर गाऊपालिकाले शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर उक्त जानकारी गराएको हो । खुल्ला राष्ट्रिय भलिवल प्रतियोगितामा नेपालको आर्मी क्लव, पुलिस क्लव लगाएत राष्ट्रिय स्तरका क्लवहरु सहित नवलपरासी र छिमेकि देश भारतको एक टिमको पनि सहभागिता रहने गरी प्रतियोगिताको आयोजना गरीएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

प्रतियोगिता सम्पन्न् गर्नका लागि राष्ट्रिय भलिवल संघ संग सहकार्य गरेर अनुमति लिएसंगै शुरु गरीएको उक्त प्रथम अध्यक्षकप खुल्ला राष्ट्रिय भलिवल प्रतियोगिता सम्पन्न गर्न ४ जना रेफ्रीको ब्यवस्था समेत गरीएको अध्यक्ष राजकुमार शर्माले जानकारी दिनुभयो ।

गाऊपालिका अध्यक्ष राज कुमार शर्माको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा खेल समयोेजक वडा नम्बर ९ का वडाध्यक्ष हेमेन्द्र कुमार पजियांर, पुर्व खेलाडी नाथुराम क्षेत्री, सञ्चारकर्मि, खेलप्रेमी लगाएतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन राम प्रसाद जोशीले गर्नुभएको थियो ।

प्रतियोगिता सम्पन्न् गर्न ५ लाख खर्च लाग्ने अनुमान गरीएको बताईएको छ । ८ वटा टिमको सहभागिता रहने प्रतियोगितामा प्रर्थम हुनेले १ लाख ११ हजार १ सय ११ दिघिय हुनेले ५१ हजार १ सय १ रुपैया र तृतिय हुनेले २५ हजार १ सय १ रुपैया प्राप्त गर्ने प्रतियोगिता आदर्श मावी सेमरीको खेल मैदानमा सञ्चालन हुने आयोजकले जानकारी गराएको छ ।