रक्सौलमा रेलको लिगमा वीरगञ्जका दुई किशोरीको शव

प्रकाशित मिति:

वीरगञ्ज । सीमावर्ती शहर रक्सौलमा वीरगञ्जकी दुई किशोरीको शव फेला परेको छ । रक्सौल सुगौली रेल्वे खण्ड अन्तर्गत कंगना ढाला नजिकै रेलको लिगमा उनीहरूको शव फेला परेको छ ।घटना स्थलमा भेटिएको विद्यार्थी परिचयपत्रका आधारमा उनीहरु वीरगञ्जको पब्लिक कलेजका छात्रा भएको खुलेको छ । परिचयपत्रमा निभा कुमारी साह नाम उल्लेख छ ।परिचय पत्रमा उल्लेख गरिएको मोबाइल नम्बरमा सम्पर्क गर्दा निभाका बुवा राजेश्वर साहले उठाएपछि मृतकको खनाखत भएको हो ।

पर्साको कलिकामाई गाउँपालिका२ भेडिहारी बस्ने राजेश्वर साहले आफ्नो छोरी निभा विपीसी कलेजको कक्षा ११ मा अध्ययनरत रहेको बताए ।अर्की छात्रा सोही गाउँपालिका(३ हरिहरपुर बस्ने किरण चौरसिया रहेको खुलेको छ । एक जनाको खुट्टा काटिएको छ भने अर्कीको टाउको नै काटेको अवस्थामा शव भेटिएको छ ।

घटनाको बारेमा जानकारी पाएपछि परिवार पुरै शोकमा डुबेको छ । वीरगञ्ज पब्लिक कलेजका सञ्चालक एवं प्रबन्ध निर्देशक डा। दीपक शाक्यले कलेजको छात्राहरुको मृत्यु भएको घटनाबारे जानकारी आएको बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले दुईजना नेपाली छात्राहरुको मृत्युभ एको खबर प्रहरीमा पनि आएको तर आधाकारित पुष्टि नभएको बताए । ‘भारतीय समकक्षीसँग समन्वय गरेर घटनाबारे विस्तृत जानकारी लिनका लागि प्रहरी टोली खटिसकेको छ । आधिकारिक पुष्टि हुन बाँकी छ ।’