पर्यकट आकर्षित गर्न खतरनाक स्थानमा निर्माण गरिएको होटल

प्रकाशित मिति:

फरक–फरक डिजाइनका होटल बनाएर विश्वभर प्रकृतिपे्रमीलाई आकर्षित गर्ने लहर नै चलेको छ । तर, कतिपय त्यस्ता होटल पुग्न खतरापूर्ण यात्रा तय गर्नुपर्छ ।पेरुको सैक्रेड भ्यालीमा ४ सय फिट उचाइमा पहाडमा बनेको स्काइलज होटल विश्वको सबैभन्दा खतरानक होटल मध्येको एक हो ।

नटुरा वाइव कम्पनीले पहाडमा तीन किसिमको पारदर्शी पोड बनाएको छ । जसमा ८ जना मानिस सुत्न सक्छन् । पहाडसँग जोडेर बनाइएको यो होटलमा पुग्नका लागि जिपलाइनको सहयोग लिनुपर्ने हुन्छ । यहाँबाट सैक्रेड भ्यालीको मनोरम दृश्य पनि देख्न पाइन्छ ।

विशेष गरी सूर्योदय र सूर्यास्तको समयमा विशेष किसिमको दृश्य देख्न पाइन्छ । अलमुनियमबाट बनेको पोड्समा चार खाट, एक बाथरुम र डाइनिङ रुम बनाइएको छ । यहाँ एक रात बसेको भाडा करिब २ सय पाउण्ड लाग्छ । विश्वका धेरै मुलुकहरुबाट यो क्षेत्र घुम्न मानिसहरु आउने गरेका छन् ।