नेपाली कांग्रेस केन्द्रीय कार्यसमीतीको वैठक आज वस्दै

प्रकाशित मिति:

काठमाडौ \ केन्द्रीय पदाधिकारी र सदस्य महाधिवेशनका लागि सिधै प्रतिनिधि छनोट हुने कि नहुने विवादबाट रुमलिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । गत बुधवार र बिहीवारको बैठकमा प्रवधानलाई लिएर सदस्यहरु दुई खेमामा बिभाजित भएपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । गत पुष पहिलो साता सकिएको महासमिति बैठकमा शीर्ष नेतृत्वबाट महाधिवेशनका लागि तल्लो तहबाटै निर्वाचित भएर आउनु पर्ने प्रावधान राख्ने प्रतिवद्धता आएपनि केन्द्रिय समितिमा सदस्यहरु विभाजित भएपछि निष्कर्ष निस्कन सकेको छैन । महासमितिबाट पारित भएको विधान, सम्सोधनसहित अनुमोदनको एजेण्डासहित बोलाइएको केन्द्रिय समिति पुनस् पुरानै बिषयमा अल्झिएको छ ।