मिलन पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:
८ श्रावण २०७५ बुटवल \ बुटवल १४ स्थित मिलन पार्क मा पार्क ब्यबस्थापन बृहत गुरुयोजाना अनुरुप बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।मिलन पार्क ब्यबस्थापन समिती संगको सहकार्यमा लायन्स क्ल्ब अफ बुटवल मुक्तिनाथ ले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।मिलन पार्क ब्यबस्थापन समिती संग भएको सहमति अनुसार लायन्स मुक्तिनाथ ले पार्क बिकाश गुरुयोजना अन्तर्गत पर्ने स्थान मा विभिन्न प्रजातिका बिरुवा हरु लागाएको हो ।आज पहिलो चरणमा साइप्रस गोल्डेन , साइप्रस ग्रीन , चाइनिज बम्बो , गलेची , स्पाइडर लिलि , बनाना पाम (टाबलेस पाम) , धुपी सल्ला र सन अफ नेपाल लगायत प्रजाती का बृक्ष हरु गरि रु ३५००० बराबरका बृक्ष हरु लगाइएको छ । लायन्स क्लब अफ बुटवल मुक्तिनाथ का सदस्य हरुको श्रमदान र क्लब को आर्थिक सहयोग मा सो कार्य सम्पन्न भएको हो ।
लायन्स मुक्तिनाथ ले बृक्षारोपण गरेको स्थान लाई निकट भबिस्यमा लायन्स मुक्तिनाथ बाटिका को रुपमा बिकाश गरिने भएको छ ।एक औपचारिक कार्यक्रम का बिच सम्पन्न बृक्षारोपण कार्यक्रम , लायन्स क्लब अफ बुटवल मुक्तिनाथका अध्यक्ष लायन . रिखिराम भट्टराई को अध्यक्षता , कार्यक्रम संयोजक एबं क्लबका उपाध्यक्ष लायन . सुरेश चन्द्र भट्टराई को स्वागत मन्तव्य , लायन्स अन्तरास्ट्रिय ३२५ बि टु नेपाल जोन ६६ का जोन चेयरपर्सन लायन . लक्ष्मण रेग्मी को प्रमुख आथित्यता , मिलनपार्क ब्यबस्थापन समितिका अध्यक्ष साबित्रा रेग्मी को विशिष्ट आथित्यता , चेतनारायण आचार्यको आथित्यता र क्लबका सचिब लायन . कृष्ण आचार्यको संचालन मा भएको थियो । सो अवसरमा समाजसेबी लायन बिस्णु भुसाल , शोभाखर बन्जाडे , कृष्ण भुसाल लागयत क्लबका सदस्य हरुको उत्साहजनक सहभागिता रहेको थियो ।
लायन्स मुक्तिनाथ ले सो स्थानमा आगामी बर्षहरुमा पनि बृहत गुरुयोजना अनुरुप थप बृक्षारोपण गर्ने छ .