मेयरका उम्मेद्धार जोन्स भन्छन् : ट्रम्प फेरि राष्ट्रपति बन्नेछन्

प्रकाशित मिति:

सन् २०२० मा संयुक्त राज्य अमेरिकामा हुने राष्ट्रपति पदको निर्वाचनमा रिपब्लीकन पार्टीबाट डोनाल्ड ट्रम्प निर्बीकल्प उम्मेद्धार बन्ने एक अमेरिकी नेताले बताएका छन् । स्प्रिङ फिल्ड, म्यासेचुसेट ( Springfield ,Massachusetts) राज्यका रिपब्लीकन पार्टीका नेता माईकल जोन्स (Michael Jones)ले सो कुरा बताएका हुन् । उनले राष्ट्रपति ट्रम्प निर्वाचित भएपछि उनले अगाडि सारेका प्रतिबद्धताहरु कार्यान्वयन गर्न पनि उनी पुन : निर्वाचित हुन जरुरी रहेको बताए । राष्ट्रपति ट्रम्प अमेरिकी ईतिहांसमा नै रिपब्लीकन पार्टीबाट सबैभन्दा लोकप्रिय बन्न सफल भएको बताउंदै जोन्सले अमेरिका र मेक्सिकोको सिमानामा ट्रम्पले पर्खाल लगाएरै छाड्ने र उक्त कार्यमा पार्टीले उनलाई पूर्ण साथ दिने पनि जोन्सले उल्लेख गरे । रिपब्लीकन पार्टी प्रति अमेरिकी जनतामा पूर्ण विश्वास रहेको र आफ्नो ठाउं स्प्रिङ फिल्ड, म्यासेचुसेट मा पनि आफ्नो उम्मेद्धारी लाई त्यहांका सबै वर्णका जनताले साथ दिएर जिताउनेमा आफू विश्वस्त रहेको बताउंदै जोन्सले आफ्नो जितले नगर विकासको कार्यमा तिब्रताका साथ भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले आप्रवासी हरुका लागि रिपब्लीकन पार्टी कठोर भएको कुरा सत्य नभएको प्रस्ट्याउंदै दक्षिण एसियाका आप्रवासीहरुलाई सहयोग गर्न आफूले नेतृत्वमा कुरा राख्ने पनि जनाए ।