शुक्रबारदेखि बुटवलमा क्यान इन्फोटेक

प्रकाशित मिति:

बुटवल । क्यान महासंघ रुपन्देहीको आयोजनामा आगामि शुक्रबारदेखि बुटवलमा हुने स्टाटप्स वाइटेक क्यान इन्फोटेक २०१९ ईन एशोसिएशन विद प्रभु पे को तयारी अन्तिम चरणमा पुगेको छ । फाल्गुन ७ गतेसम्म प्रदर्शनी स्थल बुटवलमा चल्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारि दिएका हुन ।मेलामा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय शूचना तथा संचार प्रविधि सम्बन्धि कम्पनीका स्टलहरु रहने छन ।

कम्प्युटर हार्डवेयर, मेन्टिनेन्स्, पावर सोलुसन्स, मोवाईल एसेसरिज्, डिलर र डिष्टिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसनस्, वैंक, आई सि टि कलेज, शैक्षिक परामर्स केन्द्र लगायतका १४० स्टलमा ९० भन्दा बढि कम्पनीको सहभागिता रहने जनाइएको छ ।

इन्फोटेकले नेपाली सुचना प्रविधिको बिकास गर्न सहयोग गर्ने बिश्वास आयोजकले लिएका छन । पत्रकार सम्मेलनमा क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठले मेलाको माध्यमबाट व्यावसायीहरुलाई नौलो प्रविधिको प्रदर्शन गर्दै ब्यापारिक सम्भावना बिस्तार गर्ने अवसर मिल्ने बिश्वास लिएको बताए ।अत्याधुनिक सेक्युरिटि टेक्नोलोजि सहितका स्मार्ट घरहरु, नेपाली वैज्ञानिकले बनाएका रोवर्ट तथा ड्रोनको प्रदर्शनी साथै सफ्टवेयर र सेक्युरिटि सम्पन्धि प्रविधी मेलाको आकर्सणको रुपमा रहने अध्यक्ष श्रेष्ठले बताए ।

मेलामा फाल्गुन ६ गतेलाई विजनेस डे को रुपमा घोषण गरिएको छ । जुन दिन विजनेस हाउसहरुले बिभिन्न डिलर र भेन्डरहरुसंग प्रत्यक्ष विजनेस डिल गर्नेछन् ।
सर्वसाधारणका लागि ५० र बिद्यार्थीका लागि २० रुपैयाको प्रवेश टिकट लाग्ने मेलामा सरकारि बिद्यालयका बिद्याथी, जेष्ठ नागरिक, असाह्य र अपांगका लागि भने निशुल्क प्रवेशको ब्याबस्था मिलाइएको आयोजकले जानकारि दिए ।