काठमाडौँ / नायिका बर्षा राउत र नायक संजोग कोइरालाले बिवाह गरेका छन् । प्रेम दिवसको अवसर पारेर हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् । पारिवारिक जमघटबिच वर्षा र संजोगले गोप्य तरिकाले बिवाह गरेका हुन् । विवाह समारोहमा मिडियालाई प्रवेश दिइएको छैन ।
भोलि अर्थात् फागुन ३ गते उनीहरुले बिहे भोज राखेका छन्, जहाँ फिल्मकर्मी तथा आफन्तलाई निम्ता दिइएको छ । बिहेको फोटो अफिसियल रुपमा सार्वजनिक गरिएको हो । संजोग र बर्षालाई बैवाहिक जीवनको शुभकामना ।













