हजयात्रा व्यवस्थित बनाउन हज ऐन आवस्यक

प्रकाशित मिति:

बुटवल/ केन्द्रीय हज कमिटीका अध्यक्ष समशेर मियाँले हज यात्रीहरुको उचित व्यवस्थापनका लागि हज ऐन ल्याउनुपर्ने बताएका छन् ।मुस्लीम समुदायको महत्वपुर्ण तिर्थस्थल साउदीको मक्का मदिनामा हज गर्न जादा नेपाली हज यात्रीहरुले अनेकौ समस्याहरु झेल्नु परेको भन्दै त्यसको उचित व्यवस्थापनका लागि सरकारले हज ऐन ल्याउनु पर्ने बताए ।बिहिबार बुटवलमा पत्रकारहरुसँगको भेटघाटमा बोल्दै हज कमिटीका नव नियुक्त अध्यक्ष मियाले हज ऐन आए कह यात्रीहरुको सहज व्यवस्थापन हुने र हजयात्राका क्रममा हुने गरेका अनियमितता समेत अन्त्य हुने विस्वास व्यक्त गरे ।

नले अन्य मुलुकहरुले आफ्नो देशका हजयात्रीहरुको उचित व्यवस्थापनका लागि साउदी सरकारसँग समन्वय गरेर उनिहरुको उचित प्रवन्ध गर्ने गरे पनि नेपाल सरकारले भने सहयोग नगरेको गुनासो समेत गरे ।साउदी अरवले नेपालका लागि १२ सय हजयात्रीको संख्या तोकेको भन्दै उनले उक्त संख्या दोब्बर बनाउन नेपाल सरकारले साउदी सरकारसँग पहल गर्नुपर्नेमा जोड दिए ।

हजयात्रीहरुका लागि राजधानी काठमाण्डौमा हज हाउस निर्माणका लागि जग्गा माग गरेकोमा हाल सम्म जग्गा उपलब्ध नभएको भन्दै अध्यक्ष मियाले काठमाण्डौमा २÷३ रोपनी जग्गा उपलब्ध गराउन नेपाल सरकारसँग माग समेत गरे ।नेपाल सरकारले जग्गा उपलब्ध गराइदिए साउदी तथा कतार सरकारले हज भवन निर्माणका लागि आवस्यक रकम उपलब्ध गराउने आस्वासन दिए पनि जग्गा नहुदा भवन निर्माण हुन नसकेको गुनासो गरे ।

आफ्नो कार्यकालमा हजयात्रालाई व्यवस्थित बनाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।नेपालमा हाल १२ लाखको संख्यामा मुस्लीम समुदायको बसोबास रहेको सरकारी तथ्याङ्कमा उल्लेख भएको जानकारी दिए ।