पोर्तुगलमा जनयुद्ध दिवस र सहिदहरुप्रति श्रद्धाञ्जली

प्रकाशित मिति:

लिस्बन । २४ औ जनयुद्ध दिवसको सन्दर्भमा पोर्तुगलको राजधानी लिस्बनमा हिजो १३ फेब्रुअरीमा ९१ फागुन जनयुद्ध र जन आन्दोलनको सम्झना गर्दै महान सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरियो ।नेकपाको प्रवास संगठन प्रवासी नेपाली एकता मंच एकता कार्यदलले मंच सम्बद्धहरु बीच आयोजना गरेको कार्यक्रममा बक्ताहरुले नेपालको आमूल परिवर्तनको आन्दोलनमा दस बर्षे जनयुद्धको महत्त्वका बिबिध आयमहरुमा प्रकाश पारेका थिए ।

कार्यक्रममा सहिदहरुको विशेष सम्मानस्वरुप २ मिनेट मौनधारण गरिएको थियो ।एकता कार्यदलका नारायण सुवेदीको सभापतित्व र राजकुमार थापाको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख बक्ताकोरूपमा मंच एकता कार्यदलका रोबर्ट लिम्बू र मंचका सक्रिय अगुवा खड्ग बस्नेतले बोलेका थिए ।

कार्यक्रमलाई मंच सक्रिय सदस्य ईश्वर रिजालले स्वागत गरेका थिए भने नेपालबाट आएका पुराना वामपन्थी ब्यक्तित्व रेशमलाल अधिकारीले जनयुद्ध र जन आन्दोलनका आफ्ना अनुभवहरु सुनाएका थिए । कार्यक्रम उपस्थिति पचासौं मंच सदस्यहरुले परिचय सहित सहिदहरुप्रति शब्द श्रद्धाञ्जली अर्पण गरेका थिए ।