अख्तियारका आयुक्त पाठकले राजीनामा नदिए महाअभियोग १

प्रकाशित मिति:

काठमाडौं । घुसकाण्डमा मुछिएको भनिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लगाइने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले बताएका छन् ।भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियो हेरेपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका हुन् । ‘राजिनामा नदिए शुक्रबार महाअभियोग दर्ता हुनसक्छ’, स्रोतले भने ।

संसदको शिक्षा समितिका सदस्य समेत रहेका सांसद योगेश भट्टराईले पनि आयुक्त पाठकले राजिनामा दिनुपर्ने र उनीमाथि छानविन हुने प्रतिक्रिया दिए । भट्टराई भन्छन्, ‘राजिनामा दिनु भएनन् भने महाअभियोगको बाटो त छँदैछ ।’भट्टराई संयोजक रहेको संसदीय उपसमितिले नेपाल इन्जिनियरिङ कलेजबारे अध्ययन गरेको थियो ।