शुरु भयो स्टार्टअप्स वाईटेक क्यान ईन्फोटेक,,

प्रकाशित मिति:

प्रविधीको प्रयोग गर्ने जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने  मुख्यमन्त्रिको भनाई

सन्जु पौडेल । प्रदेश न ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले निजी क्षेत्रले आंट नगरेकै कारण प्रदेश सरकारले चाहेर पनि डिजिटल प्रदेश निर्माणको कार्य गर्न नसकेको बताउनुभएको छ । क्यान महासंघ रुपन्देहीको आयोजनामा आजदेखि शुरु भएको स्टार्टअप्स वाईटेक क्यान इन्फोटेक २०१९ को उद्घाटन गर्दै मुख्यमन्त्रि पोख्रेलले प्रविधी लगायत जुनैपनि विषयमा ज्ञान भएकासंग श्रोत नभएको र पुंजी भएकाहरुसंग ज्ञान नभएकाले देशमै प्रविधीको विकास जसरी हुनुपर्ने त्यो स्तरमा हुन नसकेको भनाई राख्नुभयो । वहांले कतिपय संघ संस्था र तहहरुमा डिजिटल उपकरण जडान भएपनि तीनको प्रयोगको पाटो निकै कमजोर भएको भन्दै प्रविधीको क्षेत्रमा ज्ञान भएका विज्ञ जनशक्तिकै उत्पादनमा कमी भएको बताउनुभयो । मुख्यमन्त्रि पोख्रेलले विश्व प्रविधी क्षेत्रमा निकै चमत्कारी हिसाबले अघि बढेको जनाउंदै प्रविधीसंग सम्बन्धित रहेर व्यवसाय गर्ने व्यवसायी स्वयंले योजना सहितको व्यवसाय गर्नुपर्नेमा जोड दिनुभयो ।

वहांले ५ न प्रदेशलाई भारतको हईदराबाद जस्तो बनाउन क्यान महासंघसंग सहकार्य गर्न तयार रहेको बताउंदै सोका लागि क्यानले तयारी अवस्था देखाए सरकार ले सहयोग गर्ने बताउनुभयो । सरकारको सहयोग रहने कुरामा दुई मत नरहेको प्रस्ट्याउंदै मुख्यमन्त्रिले काम गर्न नसक्ने र सरकारले केही गरेन भनेर आरोप लाउनुमा तुक नभएको भनाई राख्नुभयो । साथै वहांले मेलाको आयोजनाले गाउं गाउंमा रहेर प्रविधीबारे ज्ञान नभएकाहरुलाई केही फाईदा नहुने भएकाले प्रविधीको प्रयोग हरेक तहका नागरिकले जान्नुपर्ने भन्दै त्यसतर्फ धयान दिन जरुरी रहेकामा जोड दिनुभयो ।यस्तै कार्यक्रममा बोल्दै नेकपाका प्रदेश न ५ का सचेतक भुमिश्वर ढकालले क्यान महासंघको मेलाले हरेक तहका नागरिकलाई प्रविधीको प्रयोग सम्बन्धि ज्ञान उपलब्ध गराउन सघाउनेमा आफू विश्वस्त रहेको धारणा राख्नुभयो । त्यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रविधीको विकास बढिरहंदा जनशक्तिको अभाव देखिएकाले उपमहानगरलाई डिजिटल प्रविधकिो प्रयोग गरी सरसफाई, शिक्षा र सुरक्षाको क्षेत्रमा सम्वृद्ध बनाउन क्यान महासंघकै पहलमा डिजिटल उपकरणको प्रयोग र निरिक्षण जरुरी रहेकाले यसमा उपमहानगर सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा क्यान महासंघका केन्द्रिय अध्यक्ष हेमन्त चौरसियाले नेपाल सरकारको डिजिटल नेपाल बनाउने लक्ष्यमा आफूहरु खुशि भएको बताउंदै क्यान महासंघले हरबखत सरकारको यो अभियानमा साथ दिने भनाई राख्नुभयो ।क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमाल, क्यान महासंघ नेपालका संस्थापक अध्यक्ष विमल शर्मा लगायतले बोल्नुभएको थियो ।