काठमाडौँ /पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले लोकगायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’लाई पुरस्कृत गर्न माग गरेका छन् ।आइतबार उक्त गीतसहितको एउटा ट्वीटमा प्रतिक्रिया जनाउँदै डा। भट्टराईले पशुपति शर्माको सो गीतलाई धम्क्याएर अघोषित प्रतिबन्ध लगाइएको हो भने त्यो अत्यन्त गम्भीर विषय भएको उनले प्रष्ट पारेका छन् ।
उनले लेखेका छन्, ‘पाँचथरबाट बाग्लुङसम्म आइपुग्दा जनतामात्र हैन, सत्ताधारी दलका कार्यकर्तासम्मले यस्तै भ्रष्टाचारविरोधी गीत गाइरहेको पाइयो ।’ उनले उक्त गीतलाई ‘दण्डित होइन, पुरस्कृत गरियोस्’ भनेका छन् । सरकारलाई ‘सुतुरमुर्गे’ हरकत नगरोस् भन्दै उनले चेतावनीसमेत दिएका छन् ।












