काठमाडौं – जनकपुरको मिथिला नगरपालिकामा बिहीबार आधा शरीर जलेको अवस्थामा फेला परेकी बालिकाको सामूहिक बलात्कार भएको पुष्टि भएको छ । प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाले गरेको अनुसन्धानका क्रममा ११ वर्षीया बालिका दुतिया रैसेलीको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको हो ।
प्रदेश प्रहरी कार्यालयका उच्च अधिकारीले एक आरोपीलाई समेत नियन्त्रणमा लिइसकिएको बताएका छन् । घटनापछि बालिकाको पहिचान लुकाउन शव जलाइएको खुलेको उनले बताए ।












