अशोक दर्जी बारे भएको विवाद समाधान

प्रकाशित मिति:

श्रावण , — झापाको दमक २ निवासी बाल गायक अशोक दर्जीलाई कसले राख्ने भन्ने विवाद टुंगिएको छ । बुधबार दमक नगरपालिकाको न्यायिक समितिमा भएको छलफलले केही दिनयता दर्जीको विषयमा उत्पन्न विवाद टुंग्याएको हो ।
बाल गायक दर्जीलाई उनका बुबा पूर्ण दर्जीले आफूसँगै राख्ने सहमति जुटेको छ । छलफलमा तीन बुँदे सहमति जुटेको छ । यसअघि अशोक दीपक न्यौपाने प्रिन्सिपल रहेको मोरङको उर्लाबारस्थित बेथल बोर्डिङ स्कुलमा अध्ययनरत तथा उक्त स्कुलकै होस्टेलमा बस्दै आएका थिए ।न्यौपानेले अशोकसँगै उनका दिदीबहिनीहरु सीता र मुस्कान दर्जीलाई पनि निस्शूल्क पढाउँदै आएका थिए । बुधबारको सहमतिअनुसार अब तीनै जना बालबालिकाको पढाईलगायत व्यवस्थापन उनीहरुका बुबा पूर्ण दर्जीले नै गर्ने उल्लेख छ ।सहमतिअनुसार संगीतकार टंक बुढाथोकी र बेथल स्कुलका प्रिन्सिपल दीपक न्यौपानेबीच भएको असहमति र विवादलाई दुवै पक्षको समझदारीबाट समाधान गरिएको तथा अशोकको घर निर्माण आर्थिक समितिमा दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई मनोनयन गर्ने सहमति भएको छ ।यसअघि मंगलबार प्रिन्सिपल न्यौपानेले दमक(२ को वडा कार्यालयमा संगीतकार बुढाथोकीले बाल गायक अशोकलाई बेपत्ता बनाएको भन्दै लिखित निवेदन दिएका थिए ।लिखित निवेदन परेकाले उक्त निवेदनका आधारमा बुधबार न्यायिक समितिमा छलफल चलाएर अशोकको विषयमा उत्पन्न विवादमा सहमति जुटाएको नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक गीता अधिकारीले बताइन् ।न्यौपानेले अशोकलाई बेपत्ता बनाएको लिखित आरोप लगाएपछि संगीतकार बुढाथोकी मंगलबार साँझ नै अशोकको बुबासहित इलाका प्रहरी कार्यालय दमक पुगेका थिए । बुढाथोकीले इप्रकामा अशोकलाई आफूले बेपत्ता नबनाएको जानकारी गराएका थिए ।