पोर्तुगलको अल्गार्भमा २५ नेपालीद्वारा रक्तदान

प्रकाशित मिति:

पोर्तुगल । गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति अल्गार्भको अगुवाई र आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।उक्त रक्तदान कार्यक्रममा २५ जना नेपालीले रक्तदान गरे । स्थानीय नेपाली र पोर्तुगिस समुदायमा पनि एनआरएनए अल्गार्भ क्षेत्रीय समिति पोर्तुगल निक्कै सक्रिय र लोकप्रिय छ ।

“हामी सकेसम्म रचनात्मक कामहरु गर्दै आएका छौं, हाम्रो स्थानीय पोर्तुगिस समुदायसंग पनि हार्दिक र न्यानो सम्बन्ध छ” एनआरएनए क्षेत्रीय समितिका अध्यक्ष अनिल शर्माले भने ।गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति अल्गार्भका कार्यक्रमहरुलाइ स्थानीय मिडियाहरुले पनि कभरेज दिदै आएका छन् ।