नेपालकोे विकासका लागी कम्यूनिष्टहरुको सत्ता समाप्त हुनु पर्छ :  मुकुन्द सुवेदी, पत्रकार तथा मानवअधिकारकर्मी

प्रकाशित मिति:

नेपालको राजनीती र समसामयीक विषयमा पत्रकार तथा मानवअधिकारकर्मी मुकुन्द सुवेदी संग गरेको कुराकानीको सम्पादीत अंश

नेपालको विकासको लागी के गर्नु आवश्यक छ ?
कम्यूनिष्ट पार्टीहरुले गरिब नेपाली जनतालाई सपना बांडिरहने , पैसा बटुलिरहने र त्यही गरिबको नाममा शासनमा गएर भ्रष्टाचार गरिरहने हो भने नेपाल ओरालो दिशा तर्फ जान्छ । कम्युनीष्ट शासन भएका देशमा जस्तै गरी नेपालका कम्यूनिष्ट शासकहरुले पनि गरिब नेपालीलाई भ्रममा पारेर मोज मस्ति गरिरहेका छन् । सबै कम्यूनिष्ट नेताहरु अर्बपति छन् । केपी ओली, विद्यादेवी भण्डारी, प्रचण्ड, राम बहादुर थापा लगायत । नेपाली जनता गरीव भईरहने र नेताहरु धनी वनीरहने परम्पराको अन्य जहीले सम्म समाप्त हुदैन त्यो दिन सम्म नेपालको समृद्धीको वाटो अगाडी वढ्न सक्दैन । त्यसैले विश्ववाटै समाप्त भएको कम्युनीष्ट नेपालवाट पनी समाप्त भएर प्रजातान्त्रीक शक्तीले राज्य सन्चालन गरेर मात्र नेपालको समृद्धी सम्वभव रहेको छ ।

सरकारमा रहेको नेकपाको सरकारको अवस्था कस्तो देख्नु भएको छ ?
नेपालमा कम्यूनिष्टलाई मलजल गर्ने काम दरवारले गरेको हो । जती वेला उनीहरु कमजोर थिए दवारको सहयोग लिए त्यसपछी कम्यूनिष्टहरु बलियो हुने बित्तिकै दरवारलाई फालिदिए । नेपालमा कम्युनीष्टहरुको सासन शुरु भएको छ हामीले देखिरहेका छौ यो सरकारको विरोध गर्नेहरुका प्रति सरकार कसरी अगाडी वढीरहको छ भन्ने कुरा सवै जनतालाई थाहा नै भएको विषय हो । उनीहरुले कम्यूनिष्ट बाहेक अरुको अस्तीत्व स्वीकार्ने पक्षमा छैनन् । आफुहरु वाहेक फरक विचार र फरक आस्था राख्ने हरुलाइ पाखा लगाउन चाहन्छन् । त्यसैले अव नेपाली जनता सर्तक हुनुपर्ने बेला आएको छ । निरन्कुश वन्दै गरेको कम्युनीष्ट को विरुद्धमा उत्रने वेला आएको छ ।

कम्युनिष्ट सत्ता वाट किन त्रसीनु पर्ने अवस्था आयो ?
हामीले देखिरहेका छौ यो सरकार निमार्ण भएपछी पत्रकारहरुलाई हेर्ने नजर परीवर्तन भएको छ । पत्रकारको मुख थुन्ने प्रयास भएको हामीले देखीसकेका छौ । केही दिन अघी मात्र लोकतान्त्रीक भनीएको मुलक नेपालमा एक जना गायकले जनताको भावना समेटेर गाएको गीत लाई वन्द गर्नका लागी धम्की दिएर तर्साउने र वन्द गर्न वाध्य तुल्याउने काम भयो यो भन्दा निरन्कुश शैली के हुन सक्छ । त्यती मात्र होईन समाचार लेखेकै भरमा एक जना पत्रकारलाई साईवर क्राईमको मुद्धा लगाएर जेलमा कोच्ने काम भयो यसवाट प्रष्ट हुन्छ कम्युनीष्ट सरकार कती निरन्कुश हुन्छ भनेर । यो श्रृखला चलीरहको सवैलाई थाहानै भएको विषय हो । कम्यूनिष्ट सत्तामा सबैभन्दा पहीलो तारो पत्रकारहरु हुन्छन् ।कनकी पत्रकारको कलम भाचेपछी जनताका आवज वन्द गर्न सकीन्छ भन्ने भान सत्तामा वस्नेलाई हुने गर्दछ । प्रयोग हुने पत्रकारहरुलाई प्रयोग गर्ने प्रवृति हावी हुन्छ । पछि तिनै पत्रकारलाई जासुसको संज्ञा दिएर मार्न सम्म पछी प्रदैनन् शाशकहरु । नेपाल विस्तारै क्यूवा र उत्तर कोरियाको मोडल तर्फ ढल्दैछ । चीनको विकास पनि तासको घर हो । अब चीनले पनि यो थेग्न सक्दैन । राजाको शासन भन्दा पनि कम्यूनिष्ट शासन खतरा हुन्छ । कयूनिष्ट शासनतिर नेपाललाई विस्तारै रुपान्तरण गरिंदैछ । सत्तामा जानका लागि कम्यूनिष्टहरु जेपनि गर्छन् । झुट बोल्नु कम्यूनिष्टको मूल धर्म हो । अहिले अर्धभूमिगत भएका र शासन सत्तामा रहेका कम्यूनिष्टहरु एकै हुन् । केपी ओली र प्रचण्डले तिनीहरुको संरक्षण गरिरहेका छन् ।
नेपालमा लोकतन्त्रको भविष्य कस्तो छ ?
नेपालमा लोकतन्त्रको भविष्य राम्रो देखेको छु नेपाल लोकतान्त्रीक मुलुकहरु संग हातेमालो गरेर अगाडी वढ्नु जरुरी रहेको छ ।