बिगत ३ दशक भन्दा लामो समयदेखी बिभिन्न संघ संस्था र व्यक्तिगत रुपमा समाज सेवामा निकै समय खर्ची सकेकोले समाजको सेवा नै आफ्नो धर्म ठानी अझै व्यवस्थित रुपमा समाजसेवा गर्ने उद्देश्यले नै एन आर एन एन सि सि यु एस क्यालिफोर्निया च्याप्टर को संस्थापक अध्यक्षको हैसियतले उल्लेखनिय सेवा पुर्याएको सर्वविदितै छ। यसरी राष्ट्रिय रुपमा नै एन आर एन मार्फत सेवा गर्नु पर्छ भन्ने मान्यताले एन आर एन एन सि सि यु एस् ए को लागि पस्चिम छेत्रीय उपाधक्ष लड्ने मनसाय राख्दा राख्दै पनि आफूसङ्ग सँलग्न समूह सङ्गको परामर्श र आवश्यकतालाई मध्यनजर राख्दै महिला उम्मेदवारको त्यागका लागि आफ्नो उम्मेदवारीमा फेरवदल गरेको थिएँ। सो वेलाको माहौल प्रतिकूल भएकोले गर्दा मेरो एन आर एन एन सि सि मार्फत नेपाली जनतालाई सेवा पुर्याउने सपना अधूरो नै रहन गयो। अव सोही सपनालाई पछ्याउंदै यस पटक एन आर एन सि सि यु एस् ए को पश्चिम छेत्रीय उपाधक्षमा उमेद्द्वारी अबलमष्मबअथ दिने घोषणा गर्दछु। मलाई आशा मात्र होइन विश्वास पनि छ कि मलाई हजुरहरु साथ सहयोग अवस्य मिल्ने छ र यहाँहरु सङ्ग हातमा हात काँध मा काँध मिलाएर काम गर्ने छौं नेपाली समुदायको थप उन्नतिमा महत्वपूर्ण उपलव्धी हासिल गर्ने छौं।
पूर्ण चन्द्र बानिया Candidate vice president west regional 2019-2021 NRN NCC of USA












